साउनबाट आन्तरिक उडानमा भाडादर ६ प्रतिशतले बढ्ने

छिनोफानो   आइतबार ३१, असार २०८० ०४:४०

आन्तरिक उडानमा भाडादर ६ प्रतिशतले बढ्ने भएको छ । वायुसेवा कम्पनीहरूले सोमबार (भोलि) बाट लागू हुने गरी हवाइ भाडादरमा समावेश गरी मूल्य अभिवृद्धि कर उठाउने भएको हो ।

नेपाल वायुसेवा सञ्चालक संघले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो । आर्थिक वर्ष २०८०/२०८१ को बजेटमा हवाइ यातयाात सेवालाई अनिवार्य रूपमा मूल्य अभिवृद्धि करमा दर्ता हुनुपर्ने व्यवस्था गरिएको छ । यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाकाअनुसार हवाई टिकट ६ प्रतिशत हाराहारी बढ्ने भएको हो । हवाइ टिकटमा भ्याट कार्यान्वयन गरेपनि १३ प्रतिशतकै दरमा शुल्क बढ्ने उनको भनाई छ ।

हवाइ इन्धन, कार्यालय सञ्चालनका सामग्री लगायतको खरिदमा तिरेको भ्याट कम्पनीहरूले फिर्ता पाउने भएकाले १३ प्रतिशत नै शुल्क नबढ्ने भएको हो । हाल भ्याटअन्तर्गत १३ प्रतिशत कर लाग्छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु