धनगढीमा करेन्ट लागेर एक महिलाको मृत्यु

छिनोफानो   सोमबार ०१, साउन २०८० ११:१२

कैलालीको धनगढीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका-१२ जुगेडा डाँडागाउँ की ४८ वर्षीया सावित्री जोशीको करेन्ट लागेर मृत्यु भएको हो । 

उनको आइतवार बिहान मृत्यु भएको हो । आफ्नै घरको पछाडि ग्याविन तारमा विद्युत सर्ट भई करेन्ट लाग्दा उनको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कैलालीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु