कैलाली प्रहरीको टाइगर टोलीलाई बदनाम गर्ने खेलोमेलो

छिनोफानो   सोमबार ०१, साउन २०८० ११:३२

जिल्ला प्रहरी कार्यालय कैलालीको टाइगर टोलीलाई बदनाम गराउन खोजिएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय कैलाली अन्तरगतको टाइगर टोलीका प्रमुखसमेत रहेका हवलदार लालबहादुर चन्द र सोही टोलीका प्रहरी जवान सागर लुहारले केही व्यक्ति र मिडियाले अनर्गल प्रचार गरेर टाइगर टोलीलाई बदनाम गर्न खोजिएको बताएका छन् ।

उनका अनुसार धनगढीमा भन्सार छलीको सामान नै नसमातेको विषयलाई लिएर बदनाम गराउन खोजिएको हो । प्रहरीको टाइगर टोलीले भन्सार छलीका सामान समातेर गायब गरेको भन्दै निराधार आरोप लगाइएको छ । सो टोलीमाथि शनिबार बरामद भएको भन्सार छलीको सामान लुकाएको आरोप लागेको हो । 

धनगढी-२ फनपार्क नजिक चक्रपथबाट हवलदार लालबहादुर चन्द र सागर लुहारको टोलीले भन्सार छलीको एक पोका सामान बरामद गरेर व्यापारीलाई बुझाएको आरोप लगाइएको छ । तर हवल्दार चन्द र प्रहरी जवान सागर लुहारले भने त्यो कुरा साँचो नभएको दाबी गरेका छन् ।

यस्तैे पनि यस विषयमा कुनै गुनासो नाअएको र मिडियाले गलत कुरालाई प्रचार गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु