तराईका जिल्लामा सर्पदंशका बिरामीको सङ्ख्या बढ्दै

छिनोफानो   सोमबार ०१, साउन २०८० ०३:२३

सुदूरपश्चिम प्रदेशका तराई जिल्लाहरुमा सर्पदंशका बिरामीको सङ्ख्या बढ्न थालेको छ । प्रदेशका तराई जिल्लाहरुमा गर्मी बढेसँगै सर्पदंशका बिरामीको सङ्ख्या पनि दिननु दिन बढ्दै गएको हो ।  

गर्मी बढेसँगै विशेष गरी कैलाली र कञ्चनपुरका सर्पदंश उपचार केन्द्रमा सर्पदंशका बिरामीको चाप बढदै गएको छ । केही दिनदेखि अत्यधिक गर्मी बढिरहेका कारण सर्प दुलो बाहिर निस्केर खेतबारी, सडक र कच्ची घरमा सर्वसाधारणलाई टोक्ने गरेको बिरामीको भनाई छ ।

अत्यधिक गर्मीका कारण सर्पदंशका बिरामी अस्पताल आउने क्रम बढ्दै गएको सरोकारवाला निकायको दाबी छ । गर्मी याममा सर्प शीतल ताप्न बाहिर निस्कने र मानिसलाई डस्ने हुँदा सर्पदंशका बिरामी बढेको अनुमान गरिएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु