कञ्चनपुरबाट चेक अनादरको मुद्दामा एक जना पक्राउ

छिनोफानो   सोमबार ०१, साउन २०८० ०४:२५

कञ्चनपुरबाट चेक अनादरको मुद्दामा एक जना पक्राउ परेका छन् । जिल्लाको कृष्णपुर नगरपालिका-२ वाणिका चक्र विष्ट चेक अनादरको मुद्दामो पक्राउ परेका हुन् ।

धनगढी उपमहानगरपालिका-२ का ४४ वर्षीय अमितप्रताप सिँहको जाहेरीका आधारमा जिल्ला अदालत कञ्चनपुरको पक्राउ अनुमतीपछि विष्टलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।

पक्राउ परेका विष्टले जाहेरीवाला सिँहलाई रकम नभएको बैंकको ८ लाखको चेक दिएपछि उनलाई चेक अनादरको मुद्दामा पक्राउ गरिएकोे ईलाका प्रहरी कार्यालय झलारीका कार्यालय प्रमुख प्रहरी निरिक्षक सूर्य बहादुर शाहीले बताए । उनका अनुसार विष्टलाई ७ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु