धनगढी उपमहानगरपालिकाका स्वास्थ्यकर्मीहरु आन्दोलित

छिनोफानो   सोमबार ०१, साउन २०८० ०४:३६

धनगढी उपमहानगरपालिकाका स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् । समायोजन मिलान भएका स्वास्थ्यकर्मीलाई हाजिर गर्न नदिएपछि उनीहरु आन्दोलित भएका हुन् ।

उनीहरूले सोमबारदेखि उपमहानगरभित्रै धर्ना कार्यक्रम सुरू गरेका छन् । नयाँ आर्थिक वर्ष शुरू भएसँगै उपमहानगरले ३३ जना स्वास्थ्यकर्मीलाई हाजिर नहुन भन्दै पत्र पठाएको थियो ।  यसअघि धनगढीमा समायोजनमा कार्यरत स्वास्थ्यका कर्मचारीले आफूहरूमाथि अन्याय भएको भन्दै सरोकारवाला निकायलाई गत असार २९ गते ध्यानाकर्षण पत्र बुझाएका थिए । उपमहानगरपालिकाले समायोजनमा कार्यरत कर्मचारीलाई साउन १ गतेदेखि विकल्प नदिई हाजिर गर्न नदिने भएपछि उनीहरूले ध्यानाकर्षण पत्र बुझाएका थिए ।

उनीहरुले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह, धनगढी उपमहानगर, जिल्ला प्रशासन लगायतका कार्यालयमा पत्र बुझाएका थिए । समायोजनमा कामकाज गर्ने गरि खटाएका कर्मचारीहरुलाई २०८० श्रवण १ देखि काज फिर्ता गर्ने निणर्यले अन्याय भएको उनीहरूको भनाई छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु