दुई देशसँगको खुला सिमाना राष्ट्रिय सुरक्षाको मुख्य चुनौती

छिनोफानो   सोमबार ०१, साउन २०८० ०६:२७

सरकारले खुला सिमाना हुनु देशको राष्ट्रिय सुरक्षामा चुनौतीको रूपमा रहेको बताएको छ । गृह मन्त्रालयले राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले माग गरेबमोजिमको लिखित विवरण पठाउँदै नेपालको छिमेकी दुई देशसँग खुला सिमाना हुनु राष्ट्रिय सुरक्षामा चुनौती भएको बताएको हो । सोमबार बसेको समितिको बैठकमा समिति सचिव सीता काफ्ले वाग्लेले गृह मन्त्रालयले पठाएको विवरण पढेर सुनाएकी थिइन् ।

सो विवरणमा खुला सिमानाका कारण मानव बेचबिखन, हातहतियार ओसारपसार लागुऔषध ओसारपसार र सीमापारिबाट आपराधिक व्यक्ति, समूह प्रवेश गरी लुटपाट एवं अन्य आपराधिक घटना घटाउने चुनौती रहेको उल्लेख गरिएको छ । त्यस्तै, सीमापारि अपराध गरेर सीमावारि आई लुक्ने प्रवृत्ति रहेको र भन्सार नभएका विन्दुहरूबाट चोरी, निकासी, तस्करी हुने गरेको पनि उल्लेख गरिएको छ ।

त्यस्तै, सीमापारि अपराध गरेर सीमावारि आई लुक्ने प्रवृत्ति रहेको र भन्सार नभएका विन्दुहरूबाट चोरी, निकासी, तस्करी हुने गरेको पनि उल्लेख गरिएको छ । खुला सिमानाको फाइदा उठाउँदै अवैध रूपमा शरणार्थीहरूको प्रवेश र तेस्रो देशका नागरिकहरूको अवैध घुसपैठ हुने गरेको पनि विवरणमा उल्लेख छ । 

सरकारले सीमा सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको परिचालन गरेको जनाएको छ । नियमित रूपमा सीमावर्ती समकक्षीहरूसँग बैठक गरी अन्तरसीमा अपराध नियन्त्रणलगायतका विषयमा समन्वय गरिएको उल्लेख छ ।

त्यस्तै, सीमास्तम्भहरूको नियमित रूपमा अनुगमन गरी भत्किएका, बिग्रिएका सीमास्तम्भहरूको मर्मतसम्भार गरिएको सरकारको विवरणमा बताइएको छ। 

सशस्त्र प्रहरी बल नेपालबाट १४ हजार दुई सय १२ जनशक्ति सीमा सुरक्षार्थ परिचालन गरिएको र हालसम्म भारततर्फ दुई सय ४२ र चीनतर्फ आठ गरी जम्मा दुई सय ५० स्थानमा विओपी स्थापना भई सञ्चालनमा रहेको स्पष्ट पारिएको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु