कैलालीका ४ पालिकामा आज सार्वजनीक बिदा

छिनोफानो   मङ्गलबार ०२, साउन २०८० ११:१६

कैलालीका ४ पालिकामा आज सार्वजनीक बिदा दिइएको छ । कमैया मुक्ति दिवसको अवसरमा कैलालीको टीकापुर नगरपालिका, जानकी गाउँपालिका, भजनी नगरपालिका र जोशीपुर गाउँपालिकामा आज सार्वजनिक बिदा दिइएको हो । 

पालिकादेखि लिएर स्वास्थ्य संस्था, विद्यालयमा बिदा गरिएको पालिकाले सार्वजनिक गरेकोे सूचनामा उल्लेख गरेको छ । नेपालमा बन्धुवा मजदुरका रूपमा काम गर्दै आएका कमैयालाई तत्कालीन सरकारले २०५७ साल साउन २ गते मुक्त भएको घोषणा गरेको थियो । 

कमैया बस्नेमा थारु समुदायका व्यक्ति थिए । मुक्त कमैयाहरू कैलालीसहित कञ्चनपुर, बर्दिया, बाँके, दाङ लगायतका जिल्लामा रहेका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु