बैतडीमा ट्याक्टर दुर्घटना हुदा एक जनाको मृत्यु

छिनोफानो   मङ्गलबार ०२, साउन २०८० ११:४४

बैतडीमा ट्याक्टर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । जिल्लाको दशरथचन्द नगरपालिका- ६ सनकट्यामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।

हिजो (सोमवार) अपराह्न दशरथचन्द नगरपालिका-२ बाट निर्माण सामग्री बोकेर वडा नम्बर-६ तर्फ जाँदै गरेको सुपप्र ०१००-२ त ६३८९ नम्बरको ट्याक्टर दुर्घटनामा परी चालकको मृत्यु भएको प्रहरीले बताएको छ ।

यस्तै ट्याक्टर दुर्घटनामा परी मृत्यु हुनेमा कैलालीका ट्याक्टर चालक सुरेन चौधरी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु