कैलालीमा इन्धनको कृत्रिम अभाव, मारमा उपभोक्ता

छिनोफानो   मङ्गलबार ०२, साउन २०८० ०२:१६

कैलालीमा इन्धनको कृत्रिम अभाव सिर्जना भएको छ । सोमबारदेखी पेट्रोलियम पदार्थ व्यवसायीले पेट्रोल पम्पमा ताला लगाएपछि इन्धनको कृत्रिम अभाव सिर्जना भएको हो । 

डिलरहरुले आयल निगमबाट पेट्रोलियम पदार्थ नउठाउदा कृत्रिम अभाव सिर्जना हुदा उपभोक्ताहरु मारमा परेको पेट्रोलियम ढुवानी व्यवसायी संघले जनाएको छ  । संघका अनुसार ‘भारतमा १५ र १ तारेखमा मूल्य घट्न सक्ने भन्दै डिलरहरुले पेट्रोलियम पदार्थ उठाउन नमान्दा अहिले बजारमा आपूर्ति हुन नसकेको हो । 

यस्तै नेपाल आयल निगम धनगढीका प्रादेशिक प्रमुख मोहनकुमार शाहले शुक्रबारसम्म प्रदेशका सबै जिल्लाका डिलरलाई पेट्रोलियम पदार्थ वितरण गरिएको बताए । तर आइतबार भने निगमको प्रणालीमा समस्या आएकाले वितरण हुन नसकेको बताए । मंगलबार भने दुई लाख ४० हजार लिटर पेट्रोल र दुई लाख ८४ हजार लिटर डिजल बजारमा पठाउने तयारी भइरहेको शाहले बताए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु