धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

छिनोफानो   मङ्गलबार ०२, साउन २०८० ०३:१३

धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका-१७ का २१ वर्षीय राजु चौधरीको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको हो ।

धनगढी-१७ धुर्जन्नामा उनले चलाएको सुदूरपश्चिम प्रदेश ०१००९ प ७३८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सोमवार साँझ दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको निसर्ग अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु