बाजुराको बुढीनन्दा नगरपालिकाका एक कर्मचारी मृत अवस्थामा फेला

छिनोफानो   मङ्गलबार ०२, साउन २०८० ०३:२७

बाजुराको बुढीनन्दा नगरपालिकाका एक कर्मचारि मृत अवस्थामा फेला परेका छन् । बुढीनन्दा नगरपालिकाका कृषि शाखा प्रमुख ४८ वर्षीय जयलाल दानी आफ्नै क्वाटर अगाडी कुर्चीमा बसेको अवस्थामा मृत फेला परेका हुन् ।

बुढीनन्दा नगरपालिका-७ पाण्डुसैन घर भएका दानी कृषि प्राविधिक तर्फका स्थायी कर्मचारी रहेका थिए । लामो समयदेखि रक्तचापको समस्याबाट पीडित दानी समय-समयमा अस्वस्थ भइराख्ने गरेको बताइएको छ ।

यस्तै उनी क्वाटर अगाडी कुर्चीमा बसी रहेको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ  ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु