कैलाली कारागारका हाकिम तिमिल्सेनालाई बदनाम गर्ने खेलोमेलो

छिनोफानो   मङ्गलबार ०२, साउन २०८० ०४:१६

कैलाली कारागारका हाकिम पदम तिमिल्सेनालाई बदनाम गराउन खोजिएको बताइएको छ । कैलाली कारागारका कार्यालय प्रमुख समेत रहेका पदम तिमिल्सेनाले केही व्यक्ति र मिडियाले अनर्गल प्रचार गरेर आफुलाई बदनाम गर्न खोजिएको बताएका छन् ।   

लागूऔषध मुद्दामा कैद भुक्तान गरिरहेका गौरीगंगा नगरपालिका-९का कैदीबन्दी ईश्वर पौडेललाई फरार गराएको झुटो आरोप लगाउदै आफुलाई बदनाम गर्न खोजिएको उनले बताए । अदालतको पत्र आएपछि अदालतको आदेश अनुसार नै कैदीबन्दी ईश्वर पौडेललाई जेलमुक्त गरिएको र आफुले कुनै प्रलोभनमा परेर कैदीबन्दी पौडेललाई जेलमुक्त नगरेको उनको भनाई छ ।

यस्तै जिल्ला अदालत कैलालीको आदेश अनुसार मिति २०८०/०३/२८ गतेका दिन नियमानुसार कैदीबन्दी पौडेललाई उनकीे श्रीमती जयन्ती बोहराको जिम्मा लगाइएको कारागार कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु