बैतडीका एक युवक मलेसियामा मृत भेटिए

छिनोफानो   मङ्गलबार ०२, साउन २०८० ०४:३२

बैतडीका एक युवक मलेसियामा मृत भेटिएका छन् । जिल्लाको शिवनाथ गाउँपालिका-४ स्वलपला बगारका ३० वर्षीय लोकेन्द्रसिंह महता सोमबार मलेसियामा मृत भेटिएका हुन् ।

स्रोतका अनुसार उनि सोबार राती बाथरुममा मृत अवस्थामा भेटिएका हुन् । महता बस्ने कोठाको बाथरुममा मृत अवस्थामा भेटिएको परीवार सो्रतले बताएको छ । हाल उनी मृत अवस्थामा भेटिएको खबर मिलेकोे तर मृत्युको कारणबारे भने जानकारी प्राप्त हुन सकेको छैन् । 

महता ७ वर्ष पहिले रोजगारिको सिलसिलामा मेलेसिया गएका बताइएको छ । वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेका महताका घरमा श्रीमती एक छोरा र एक छोरी रहेका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु