कैलालीमा लागुऔषधसहित एक युवक पक्राउ

छिनोफानो   बिहिबार ०४, साउन २०८० १०:५१

कैलालीमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन् । कैलालीको गोदावरी नगरपालिकाबाट लागुऔषधसहित एक युवक पक्राउ परेका हुन् । 

उक्त लागुऔषधसहित पक्राउ परेका युवक कञ्चनपुरको कृष्णपुर नगरपालिका-८ का २५ वर्षीय भुवन चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरीका अनुसार उनी बुधवार साँझ गोदावरी नगरपालिका- ५ मा लागुऔषधसहित पक्राउ परेका हुन् ।

ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको सादा पोषाकको प्रहरी टोलिले चेकजाँच गर्दा उनको साथबाट २२० मिलीग्राम लागुऔषध फेला पारि पक्राउ गरिएको हो । हाल उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु