कैलालीमा नालामा डुबेर एक महिलाको मृत्यु

छिनोफानो   बिहिबार ०४, साउन २०८० ११:०४

कैलालीमा नालामा डुबेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको गौरीगंगा नगरपालिका-९ मसुरियाकी एक महिलाको नालामा डुबेर मृत्यु भएको हो । 


यस्तै गौरीगंगा नगरपालिका-९ मसुरियाकी ७१ वर्षीया काली देवी डगौरा थारुको नालामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरीका अनुसार उनको सोही ठाउँस्थित सडक छेउमा पानी जमेको नालामा डुबेर हिजो (बुधबार) बिहान मृत्यु भएको हो ।

 

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु