कैलालीमा एक जना पुरुष मृत अवस्थामा फेला

छिनोफानो   शनिबार ०६, साउन २०८० १०:४५

कैलालीमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । जिल्लाको लम्कीचुहा नगरपालिका-६ गुलरामा एक जना पुरुष मृत अवस्थामा फेला परेका हुन् ।
उक्त मृत अवस्थामा फेला परेका पुरुष अछामका ६३ वर्षीय बिरेन्द्र स्वार रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनी शुक्रवार मृत अवस्थामा फेला परेका हुन् । 
अछामको साँफेबगर नगरपालिका-७ रिडिकोटका बिरेन्द्रबहादुर कैलालीमा मृत अवस्थामा फेला परेकोमा हाल यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु