भारत जान हिडेका डडेल्धुराका एक पुरुष बेपत्ता

छिनोफानो   शनिबार ०६, साउन २०८० ११:०१

भारत जान हिडेका डडेल्धुराका एक पुरुष बेपत्ता भएका छन् । भारत जानका लागी  डडेल्धुरा बसपार्कबाट हिंडेका एक पुरुष बेपत्ता भएका हुन् । 

भारत जान हिडेका जिल्लाको अमरगढी नगरपालिका—१० भडारगाउँका ४६ वर्षीय दिपकबहादुर रावल बेपत्ता भएको स्रोतले जनाएको छ । उनी गत असार ३० गते भारत जाने भन्दै डडेल्धुरा बसपार्कबाट हिंडेका थिए ।

 तर उनि हालसम्म सम्पर्कविहिन रहेको उनको परिवारले जनाएको छ । उनी भारतमा नपुगेको आफन्तले बताएका छन् । उनलाई देख्नेले नजिकको प्रहरी वा मोबाइल नम्बर ९८६४७७१७४२ मा सम्पर्क गर्न आफन्तले आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु