कैलालीमा लागु औषधसहित तिन जना युवक पक्राउ

छिनोफानो   शनिबार ०६, साउन २०८० ११:०७

कैलालीमा लागु औषधसहित तिन जना युवक पक्राउ परेका छन् । जिल्लाको धनगढी उप—महानगरपालिका १ बालुवाघाटबाट उक्त तिन जना युवकलाई लागु औषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।  
यस्तै प्रहरीका अनुसार धनगढी उप—महानगरपालिका १ बालुवाघाट बस्ने १९ वर्षीय दीपेश चौधरी सहित सोही ठाउँ बस्ने दुई जना युवक लागु औषधसहित पक्राउ परेका हुन् ।

उनीहरूको साथबाट १० ट्याब्लेट नाईट्राभेट र १२ ट्याब्लेट पारासिटामोल फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शङ्का लागि चेकजाँच गर्दा उनीहरूको साथबाट उक्त अवैध लागु औषध फेला पारी प्रहरीले तीनै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु