डडेल्धुरामा जङ्गली च्याउ खादा एक जनाको मृत्यु

छिनोफानो   शनिबार ०६, साउन २०८० ११:११

डडेल्धुरामा जङ्गली च्याउ खादा एक जनाको मृत्यु भएको छ । जिल्लाको गन्यापधुरा गाउँपालिका २ मा जङ्गली च्याउ खादा बर्दियाको बारबर्दिया गाउँपालिका ७ का राम दुलारी थारुको मृत्यु भएको हो ।

डडेल्धुरामा गाउँपालिकाको नवनिर्मित भवनमा काम गर्ने ५० वर्षीय राम दुलारी थारु हिजो (शुक्रवार) साँझ जङ्गली च्याउ खाई बिरामी भएका थिए । उनको डडेल्धुरा अस्पताल डडेल्धुरामा उपचारको क्रममा राती मृत्यु भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु