महाकाली नदीमा जलस्तर बढ्ने अनुमान, सतर्कता अपनाउन आग्रह

छिनोफानो   शनिबार ०६, साउन २०८० ११:३१

भारतको धौलीगंगा बाँध पुनः खोलिने भएकाले महाकाली नदीमा जलस्तर बढ्ने भन्दै जिल्ला प्रशासन कार्यालय बैतडीले सतर्कता अपनाउन आग्रह गरेको छ । बाँध आज शनिवार बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म खुला रहने भएकाले सूचना जारी गरेर प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको हो ।

भारतको उत्तराखण्डमा पर्ने धौलीगंगा जलविद्युत् परियोजनाको सिल्ट सरसफाइका लागि बाँधको ढोका खोलिनेछ । बाँध खोलिएको समयमा महाकाली नदी किनारका नागरिकलाई सचेत रहन र नदी वारपार नगर्न अनुरोध गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शंकरबहादुर बोहराले बताए । यसअघि असार २६ गते पनि परियोजनाको बाँध खोलिएको थियोे।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु