धनगढीबाट भन्सार छलीका सामान बरामद

छिनोफानो   शनिबार ०६, साउन २०८० ०२:१४

धनगढीबाट भन्सार छलीका सामान बरामद गरिएको छ । धनगढी उपमहानगरपालिका-२ ट्राफिक चोकबाट भन्सार छली गरी ल्याएका भन्सार छलीका सामान बरामद गरिएको हो ।

अन्दाजी ५८ हजार मूल्य बराबरको सुट, कुर्ति, गन्जी, सुर्ती लगायतका सामानहरु शुक्रवार प्रहरीले बरामद गरेको हो । उक्त सामान वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको कैलाली प्रहरीले जनाएको छ । 

यस्तै कञ्चनपुर जिल्लाको विभिन्न स्थान भिमदत्त-४ र पुनर्वास-६ बाट भन्सार छलीका अन्दाजी ४५ हजार ७ सय मूल्य बराबरको तरकारी, डिउ, कोकाकोला, चामल लगायतका सामानहरु शुक्रवार बेवारिसे अवस्थामा फेला पारी बरामद गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु