कञ्चनपुरमा अवैध चिनीे र बोलेरो जीपसहित दुई जना पक्राउ

छिनोफानो   शनिबार ०६, साउन २०८० ०४:२१

कञ्चनपुरमा अवैध चिनीे र बोलेरो जीपसहित दुई जना पक्राउ परेका छन् । जिल्लाको लालझाडी गाउँपालिका-१ नौरंगाबाट भारतबाट भन्सार छली भित्रिएको ठूलो मात्रामा अवैध चिनीको बोलेरो जीप सहित दुई जना पक्राउ परेका हुन् ।

जिल्लाको लालझाडी गाउँपालिका-१ नौरंगाबाट चिनीसहितको बोलेरो जीप सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरीको ३५ नं. गण हेडक्वाटर शैलेश्वरी गण मातहतको बोर्डर आउट पोष्ट (बीओपी) दोदाबाट खटिएको गस्ती टोलीले भारतबाट अवैध रुपमा भन्सार छली नेपाल भित्र्याइएको अनुमानित १६ लाख ७६ हजार रुपैयाँ बराबरको २५ क्वीन्टल चिनी बरामद गरेको जनाएको छ । 

सशस्त्र प्रहरीका अनुसार अवैध चिनीसहितको से. १ च १२२९ नम्बरको बोलेरो जिप समेत नियन्त्रणमा लिएको हो । यस्तै अवैध चिनीको बोलेरो जीप सहित पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका-५ गुलरियाका ३० वर्षीय जीप चालक लोकेन्द्र बोहरा र लालझाडी गाउँपालिका-१ बिनाबारीका १९ वर्षीय सहचालक बिशाल वडायक रहेका छन् । हाल उनीहरुलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि भन्सार कार्यालय गड्डाचौकीमा बुझाएकोे छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु