४० मेगावाटको अपर चमेलियाको परीक्षण सुरु

छिनोफानो   शनिबार ०६, साउन २०८० ०४:४७

बैतडी र दार्चुला जिल्लाको सीमा भएर बग्ने चमेलिया नदीमा ४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत आयोजनाले परीक्षण सुरु गरेको छ । अपी पावर कम्पनीले निर्माण गरेको यो आयोजनाको शुक्रबारदेखि परीक्षण सुरु गरिएको हो । 

कम्पनीका प्रवन्ध निर्देशक सन्जीव न्यौपानेका अनुसार दार्चुलाको मार्मा गाउँपालिका-१ किमबगडमा बाँध बाँधेर ६ किलोमिटर तल मार्मा गाउँपालिका-२ घट्टीगाडमा रहेको विद्युत गृहमा पानी खसालेर परीक्षण सुरु गरिएको हो । आयोजनाको ६ हजार एक सय मिटर लामो पेन्सटक पाइपलाइन, तीनवटै टर्वाइन, जेनेरेटर र अन्य उपकरणहरुको परीक्षण सफल भएको उनले बताए । 

निर्माण सम्पन्न भएपछि आयोजनाको प्राविधिक टोलीले बिहीबारदेखि पूणर् तयारीका साथ उपकरण र भौतिक संरचनाहरुको परीक्षण सुरु गरेको थियो । शुक्रबार विद्युत गृहमा पानी खसालेर मेसिनहरुको परीक्षण सुरु गरिएको आयोजनाको निर्माणतर्फका प्रमुख ईन्जिनियर मनिषसिंह ठगुन्नाले बताए । शनिबारदेखि परीक्षणका रुपमा विद्युत उत्पादन गरी बलाचस्थित सबस्टेसनबाट राष्ट्रिय प्रशारण लाईनमा जोडिने उनले बताए । 

करिब आठ अर्ब लागतमा निर्माण भएको अपर चमेलियाले ३० महिनामै निर्माण सम्पन्न गरेको हो । अबको करिब २ सातापछि व्यावसायिक उत्पादन थाल्ने र आइतबार आयोजनाको उद्घाटन हुने प्रवन्ध निर्देशक न्यौपानेले बताए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु