कञ्चनपुरको महाकाली नदीमा हाम फालेका एक जना युवक बेपत्ता

छिनोफानो   आइतबार ०७, साउन २०८० ०३:३६

कञ्चनपुरको महाकाली नदीमा हाम फालेका एक जना युवक बेपत्ता भएका छन् । शुक्लाफाँटा नगरपालिका वडा नम्बर-६ बस्ने करिब २८ वर्षीय युवक जनक भट्टले गएराति महाकाली नदीमा रहेको झोलुङ्गे पुलबाट हाम फालेकोमा बेपत्ता भएका हुन् ।

उनले नदीमा हाम फाल्नुको कारण भने अहिलेसम्म खुल्न सकेको छैन । भट्टको खोजी कार्यका लागि सुरक्षाकर्मी, रेडक्रसकर्मीलगायतको उद्धार टोली परिचालन गरिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु