डेल्धुरामा लागुऔषधसहित एक जना भारतीय नागरिक पक्राउ

छिनोफानो   सोमबार ०८, साउन २०८० ११:१६

डेल्धुरामा लागुऔषधसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । डडेल्धुराको अमरगढी नगरपालिका-१ स्याउले बजारबाट ०.१८ ग्राम लागुऔषधसहित भारतीय नागरिक २४ वर्षीय मुन्ना खानलाई आइतवार पक्राउ परेका हुन् ।

विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिइएको प्रहरी टोलीले खानले संचालन गरेको जिप मर्मत गर्ने कोठाको खानतलासी गर्दा लागुऔषध फेला पारी उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको डडेल्धुरा प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु