कैलाली कारागारका एक कैदीबन्दीको उपचारको क्रममा मृत्यु

छिनोफानो   सोमबार ०८, साउन २०८० ११:२६

कैलाली कारागारमा कैद भुक्तान गरिरहेका एक जना कैदीबन्दीको उपचारको क्रममा मृत्यु भएको छ । क्षयरोगका कारण कैदीबन्दीको स्वास्थ्यमा जटील समस्यापछि उपचारको क्रममा आज बिहान सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । 

उक्त मृत्यु भएका कैदीबन्दी कैलाली कारागारमा चोरी मुद्धामा कैद भुक्तान गरिरहेका बैतडीको दोगदाकेदार गाउँपालिका-५ का २८ वर्षीय सरोज बिष्ट रहेकोे जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरीका अनुसार कैलाली कारागारमा कैद भुक्तान गरिरहेका बिष्ट क्षयरोगबाट पिडीत थिए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु