बैतडीमा पहिरोले घर पुरिँदा आमाछोराको मृत्यु,तीनजना घाइते

छिनोफानो   सोमबार ०८, साउन २०८० ११:३२

बैतडीमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको पुर्चौडी नगरपालिका-२ को भैरु टोलमा गएराति माथिबाट खसेको पहिरोले घर पुरिँदा आमा र छोरा गरी दुई जनाको मृत्यु भएको हो । आज बिहान ३ बजे घरमाथिबाट खसेको पहिराले घर पुँरिदा घरभित्र सुतिरहेका उनीहरुको मृत्युु भएको हो ।


मुत्यु हुनेमा अन्दाजी २५ वर्षीया अञ्जु जागरी र उनका छोरा ५ वर्षीय रिजन जागरी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । यस्तै पहिराले पुरेर १८ वर्षीय गोब्बर जागरी, ४५ वर्षीया राइमती जागरी र ६० वर्षीया जस्मा बोहरा  घाइते भएका छन् । पहिराले घर र पशुचौपायामा पनि क्षति पुगेको छ । 

प्रहरीका अनुसार स्थानीय र प्रहरीको सहयोगमा गोब्बरलाई घाइते अवस्थामा उद्धार गरिएको थियो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु