बाजुरामा खोलाको बाढीले ट्याक्टरसहित बगाउँदा चालक बेपत्ता

छिनोफानो   सोमबार ०८, साउन २०८० ११:५८

बाजुरामा खोलाको बाढीले ट्याक्टरसहित बगाउँदा चालक बेपत्ता भएका छन् । जिल्ला सदरमुकाम मार्तडीको अनाई खोलाको बाढीले ट्याक्टरसहित बगाउँदा चालक बेपत्ता भएका हुन् ।

खोलामा आएको बाढीले से२त ३२२५ नम्बरको ट्याक्टरसहित बगाउदा कैलालीको जोशीपुर-६ का चालक डुबनारायण चौधरी बेपत्ता भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको खोजीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत खटिएका छन् ।

गएराति ११ बजेतिर अनाई खोलामा आएको बाढीले ट्याक्टरसहित उनलाई बगाएको हो । बाढी आएको खोला तर्ने क्रममा ट्याक्टर पल्टिएपछि चौधरी बेपत्ता भएका हुन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु