अतिरिक्त समय थप गरी सेवा दिँदै कञ्चनपुर प्रशासन

छिनोफानो   सोमबार ०८, साउन २०८० १२:१४

पछिल्लो समय कञ्चनपुरमा राहदानी सेवा प्रवाहका लागी अतिरिक्त समय थप गरिएको छ । पूणर् रुपमा सेवा दिन र राहदानी वितरणलाई सहज बनाउनका लागी जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले अतिरिक्त समय थप गरी सेवा दिँदै आएको हो ।

जिल्लाबाट गत वर्ष दश हजार एक सय ९४ जनाले राहदानी लिएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ । जस मध्ये दुई हजार नौ सय १४ महिला र सात हजार दुई सय ८० पुरुष रहेका छन् । प्रशासन कार्यालयका अनुसार पछिल्लो समय प्रवीणता प्रमाणपत्र तह पास गरेर विदेश जाने युवायुवती राहदानी बनाउन आउने क्रम बढेको छ । 

पछिल्लो समय खाडीलगायत तेस्रो मुलुक जाने सङ्ख्या वृद्धि भएसँगै राहदानी बनाउनेको सङ्ख्या वृद्धि भएको हो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु