धनगढीमा बेवारिसे अवस्थामा भन्सार छलीका सामान फेला

छिनोफानो   सोमबार ०८, साउन २०८० १२:२३

कैलालीको धनगढीमा बेवारिसे अवस्थामा भन्सार छलीका सामान फेला परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका-३ मिलनचोकमा प्रहरीले बेवारिसे अवस्थामा भन्सार छलीका सामान फेला परेका हो । 

भन्सारछली ल्याएका लेडिज सुट, कुर्ती, पास्ता लगायतका सामानहरु आइतवार प्रहरीको गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रहरीका अनुसार भन्सार छली ल्याएका अन्दाजी ४१ हजार ५ सय मूल्य बराबरका ती सामान बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएकोे छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु