कञ्चनपुरमा वन फडानी गरेर काठ तस्करी,७ जना पक्राउ

छिनोफानो   सोमबार ०८, साउन २०८० १२:५२

कञ्चनपुरमा वन फडानी गरेर काठ तस्करी गर्ने ७ जना पक्राउ परेका छन् । जिल्लाभित्रका सामुदायिक तथा राष्ट्रिय वन फडानी गरेर काठ तस्करी गर्दै आएका ७ जना तस्कर पक्राउ परेका हुन् । 

अबैध काठमा संलग्न रहेको भन्दै प्रहरीले दुई महिला र पाँच पुरुष गरी ७ जनालाई पक्राउ गरेर कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । त्यस्तै अवैध काठसहित एक थान ट्याक्टर र पाँच थान मोटरसाइकल नियन्त्रणमा लिएर वन कार्यालय देखतभुली, बाणी र महेन्द्रनगरमा बुझाएकोे छ । त्यस्तै प्रहरीका अनुसार २०७९ साउन ११ गते कृष्णपुर नगरपालिका-३ देखतभुलीबाट ८ फिट ८ इन्च लम्बाई, तीन फिट चौडाई र ७ फिट दुई इन्च लम्बाई तथा दुई फिट ८ इन्च चौडाई भएको दुई थान चितुवाको जस्तो देखिने टाटेपटे वस्तु समेत बरामद गरेर अनुसन्धान भइरहेको छ ।

कञ्चनपुर प्रहरीले जिल्लाका विभिन्न स्थानबाट विभिन्न अपराधमा संलग्न तर फरार २०७८ सालमा ६३ जनालाई पक्राउ गरेर अदालतमा पेश गरेको छ, भने २०८० को असार मसान्तसम्म थप ७२ जना फरार प्रतिवादीलाई पक्राउ गरेर अदालतमा उपस्थित गराएको तथ्यांक छ । काठ तस्करी र वन्यजन्तुको चोरी शिकारी जिल्लाभित्र बढ्दै गएको स्थानीयको गुनासो छ । आर्थिक वर्ष २०७९/८० मा ४९ गोलिया र चार चौपट काठ बरामद गरिएको छ । साल र सिसमका एक सय १८ दशमलव ६६ क्युफिट अबैध काठ बरामद गरिएको हो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु