४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत् आयोजनाको उद्घाटन

छिनोफानो   सोमबार ०८, साउन २०८० ०३:४७

४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत् आयोजनाको विधिवत् रूपमा उद्घाटन गरिएको छ । दार्चुलाको मार्मा गाउँपालिकामा निर्माण गरिएको ४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत् आयोजनाको विधिवत् रूपमा उद्घाटन गरिएको हो ।  

निजी क्षेत्रको लगानीमा निर्माण सम्पन्न भएको अपर चमेलिया विद्युत् आयोजनाको सफल परीक्षण भएपछि सोमबार उद्घाटन गरिएको हो । गत शुक्रबारबाट परीक्षण गरिएको अपर चमेलियाको दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशी र मार्मा गाउँपालिका अध्यक्ष जमनसिंह धामीले संयुक्त रूपमा उद्घाटन गरेका हुन् । मार्मा गाउँपालिका- १ किमगडामा रहेको बाँधबाट ६ किलोमिटर तल वडा नम्बर २ को घट्टेगाडमा रहेको पावरहाउसमा पानी खसालेर परीक्षण सुरु गरिएको थियो । उत्पादित विद्युतलाई शैल्यशिखर नगरपालिका- १ वलाँचस्थित सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

३० महिनामा निर्माण सम्पन्न भएको यो योजनाको कुल लागत ८ अर्ब ५० करोड रहेको छ । ६ हजार एक सय मिटर लामो पेन्सटक पाइपलाइन, तीनवटा टर्वाइन, जेनेरेटर र अन्य प्राविधिक उपकरण परीक्षण सफल भएपछि विद्युत् उत्पादन सुरु गरिएको आयोजनाका प्रबन्ध-निर्देशक सञ्जीव न्यौपानेले बताए । उनका अनुसार अपर चमेलियाबाहेक सुदूरपश्चिममा अन्य आधादर्जन आयोजना पनि निर्माणको अन्तिम चरणमा रहेका छन् । तथ्यांकअनुसार सुदूरपश्चिममा मात्रै १८ हजार एक सय ४९ मेगावट विद्युत् उत्पादन हुने देखिएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु