कैलालीमा यौनधन्दा गराउने २ जना पक्राउ

छिनोफानो   मङ्गलबार ०९, साउन २०८० १०:४३

कैलालीमा होटलमा यौनधन्दा गराउने २ जना पक्राउ परेका छन् । जिल्लाको गोदावरी नगरपालिका स्थित अत्तरिया बजारमा होटलमा यौनधन्दा गराउने २ जना पक्राउ परेका हुन् ।

सोमवार इलाका प्रहरी कार्यालय मालाखेतीले गोदावरी नगरपालिका-२ आदर्श गल्लीमा रहेको होटलमा छापा हान्दा महिलासहित होटल संचालक पक्राउ परेका छन् । यस्तै पक्राउ पर्नेमा गोदावरी नगरपालिका-२ आदर्श गल्लीमा रहेको बोगटी अछाम होटलका सञ्चालक प्रकाश थापा र कैलालीको घोडाघोडी बस्ने बिमला सुनार रहेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार उक्त होटलबाट १ बट्टा कण्डम, ९ ट्याबलेट गर्भनिरोधक औषधि इकोन पिल्स र सरजोल क्रीम १ बट्टा बरामद गरिएको छ । वेश्यावृत्ति तथा अनैतिक क्रियाकलापमा संलग्नता रहेकाले उनीहरुलाई पक्राउ गरि आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु