मुग्लिङ नारायणगढ सडक खण्ड अवरुद्ध

छिनोफानो   मङ्गलबार ०९, साउन २०८० १०:५८

मुग्लिङ नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ । चितवन अन्तर्गत मुग्लिङ नारायणगढ सडक खण्ड कालिखोलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो ।

कालिखोला र यसको नजिकको विभिन्न स्थानमा साना ठुला पहिरो आएर राजमार्ग अवरुद्ध भएको छ । जिल्ला ट्राफिक प्रहरीका अनुसार बिहान ७ बजेबाट अवरुद्ध सडक खुलाउने प्रयास जारी छ ।पानी परिराखेकाले परिहो पन्छाउन कठिन भएको डिभिजन सडक कार्यालय भरतपुरले जनाएको छ । बाटो अवरुद्ध भएपछि सवारी साधन रोकिएर सडक जाम भएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु