कैलारी गाउँपालिकाले हटायो ११ जना कर्मचारी

छिनोफानो   मङ्गलबार ०९, साउन २०८० ११:०७

कैलालीको कैलारी गाउँपालिकाले ११ जना कर्मचारीलाई सेवाबाट हटाएको छ । जिल्लाको कैलारी गाउँपालिकामा २०७४ देखि कार्यरत रहेका करारका कर्मचारीहरुलाई साउन १ गतेदेखि सेवाबाट हटाइएको हो ।

बिना कारण आफूहरुलाई निष्कासन गरिएको भन्दै सेवाबाट हटाइएका कर्मचारीले आपत्ति जनाएका छन् । उनीहरुले आफ्नो पुनर्वहालीसहितको माग राख्दै गाउँपालिकालाई हिजो (सोमबार) ज्ञापनपत्र समेत बुझाएका छन् । उनीहरुले आफूलाई हटाउने निणर्य फिर्ता लिन पनि माग गरेका छन् । आफूहरुलाई पुनर्बहाली गर्नुपर्ने, कार्य सम्पादन मूल्याङ्कन गर्नुपर्ने, समावेशी विकास कार्यक्रमलाई निरन्तरता दिनुपर्ने र आर्थिक भारको कारण भए त्यसको अन्य विकल्प खोजी समाधान गर्नुपर्ने उनीहरुको माग छ ।

तर कैलारी गाउँपालिकाकाले गाउँ कार्यपालिकाले करार कर्मचारीको करार म्याद साउनदेखि नवीकरण नगर्ने निणर्य गरेको बताएका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु