कैलालीमा लागु औषधसहित दुई जना युवक पक्राउ

छिनोफानो   मङ्गलबार ०९, साउन २०८० ०२:३६

कैलालीमा लागु औषधसहित दुई जना युवक पक्राउ परेका छन् । जिल्लाको टीकापुर नगरपालिका-२ राजिपुरबाट ९० मिलिग्राम लागुऔषधसहित दुई जना युवक पक्राउ परेका हुन् ।  

यस्तै पक्राउ पर्नेमा टीकापुर नगरपालिका-२ राजिपुर बस्ने ३२ वर्षीय सियाराम चौधरी र २१ वर्षीय सुरेश चौधरी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुलाई सोमवार पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु