निर्माण व्यवसायीहरु द्धारा सुदूरपश्चिम सरकारलाई ज्ञापनपत्र

छिनोफानो   मङ्गलबार ०९, साउन २०८० ०३:२०

निर्माण व्यवसायीहरुले विभिन्न आयोजना निर्माणको बक्यौता रकम भुक्तानी गर्न सरकारसँग माग गरेका छन् । नेपाल निर्माण व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेश समितिले मंगलबार प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेललाइ ज्ञापनपत्र बुझाउँदै सो माग गरेका हुन् ।

निर्माण व्यवसायीलाई समयमै भुक्तानी गर्न, ठेक्काको म्याद थप गर्न र मूल्यवृद्धि फ्रिज नगर्न ज्ञापनपत्रमार्फत भनिएको छ । निर्माणको भुक्तानी ७० अर्बभन्दा बढी रहेको भए पनि यसबारे सरकार उदासीन बनेको आरोप निर्माण व्यवसायीको छ ।

सरकारको अर्थ मन्त्रालयमा विभिन्न विकासे मन्त्रालयहरुले पठाएको १० अर्बभन्दा बढी उठिसकेको बिलको भुक्तानी भएको छैन । यस्तै देशभर ५० अर्बको रनिङ् अथवा चलिरहेको निर्माण कार्यको काम गर्ने अवधि सकिएकाले थप समयको माग गरिएको छ । ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री शाहले व्यवसायीका समस्या सामाधान गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु