बाजुरामा नदिमा हाम फाल्दा एक महिला बेपत्ता

छिनोफानो   मङ्गलबार ०९, साउन २०८० ०३:४३

बाजुरामा नदिमा हाम फाल्दा एक महिला बेपत्ता भएकी छिन् । बाजुराको हिमाली गाउँपालिका वडा नम्बर ६ धिम बस्ने महेश रावतकी श्रीमती अन्दाजी १८ बर्षीया रचना बुढाथापा नदिमा हाम फालेर बेपत्ता भएकी हुन ।

जिल्लाको पुर्वी उत्तरी भेगको हिमाली गाउँपालिका वडा नम्बर ५ स्थित बाजुरा र हुम्ला जोडने कुवाडी नदिको झुलङ्गे पुलबाट हाम फालेर बेपत्ता भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार माइती घरमा बस्दै आएकी रचनालाई उनका श्रीमानले घर लैजाने कुरा गर्दा नमानेपछि एकाएक बाजुरा र हुम्ला जोड्ने कवाडीको खोलाको झोलुङ्गे पुलबाट हाम फालेर बेपत्ता भएकी हुन्  ।

हाल उनको खोजीकार्यका लागि नेपाली सेनाको टोली र नेपाल प्रहरीको टोली खटिएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु