वेस्टर्न अस्ट्रेलिया,पर्थ SCC- सचिव पदको उम्मेद्वारमा कैलालीका किशोर कुवँर

छिनोफानो   बिहिबार १८, साउन २०८० ११:४१

वेस्टर्न अस्ट्रेलिया,पर्थ SCC- सचिव पदका लागी कैलालीका किशोर कुँवरले उम्मेदवारी घोषणा गरेका छन् । कुँवरले आगामीनिर्वाचनमा SCC- सचिव पदका लागि उम्मेदवारी घोषणा गरेका हुन्। सर्वप्रथम, संस्थाले अंगालेका नीति र कार्यक्रमलाई राज्यस्तरसम्म पुर्याउनुका साथै राष्ट्रिय समन्वय समिति र डब्लुएलाई जोड्दै, सहकार्य गर्दै एनआरएनए डब्लुएको आवाज केन्द्र सम्म पुर्याउनपहल गर्ने उनले बताए ।

 

वेस्टर्न अस्ट्रेलिया,पर्थमा बसोबास गरिरहुनु भएका सम्पुर्ण नेपालीहरूका माग अनि रुचिलाई राष्ट्रिय स्तरमा ल्याउनुका साथै नेपाली जनसमुदायको सेवामा सदैव समर्पित हुने प्रतिबद्धता जनाउदै उक्त उम्मेदवारी घोषणा गरेका हुन्। वेस्टर्न अस्ट्रेलिया,पर्थमा बसोबासगरिरहेका नेपालीहरूका डायस्पोराका चुनौती र आकांक्षाहरूलाई नजिक बाट अनुभव गरेको र त्यसकारण, गैर-आवासीय नेपालीहरूकोअधिकार र भलाइको लागि वकालत गर्दै, समुदायमा एकता बढाउन र सांस्कृतिक सम्पदा र पहिचानको प्रवर्द्धन गर्ने मुद्दाहरूलाईसम्बोधन गर्ने लक्ष्य राखेको उनले बताए ।

 

 

यस्तै दविएका आवाजहरु अनि सरोकारका विषयहरुको प्रतिनिधित्व गर्नुका साथै म पारदर्शिता, समावेशीता र खुला संचारको लागिकटिबद्ध रहेको उनको भनाई छ।

उनले गैर-आवासीय नेपाली र हाम्रो मातृभूमिबीचको सम्बन्धलाई मजबुत बनाउन प्रयास गर्दै समुदायको उन्नतिको लागि अथक प्रयासगर्ने वाचा समेत गरेका छन्।  

 

 

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु