सुनचाँदीको मूल्य स्थिर

छिनोफानो   शुक्रबार १९, साउन २०८० ११:३४

साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ। 

शुक्रबार सुन–चाँदीको भाउ कुनै फेरबदल भएको छैन। शुक्रबार प्रतितोला छापावाल सुन १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ६५० रुपैयाँ कायम भएको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

शुक्रबार पनि प्रतितोला छापावाल सुन  १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो। यो दिन सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको थियो। 

शुक्रबार चाँदी तोलाको १ हजार ४२५ रुपैयाँ कायम भएको छ। बिहीबार पनि तोलाको १ हजार ४२५ रुपैयाँमै चाँदी कारोबार भएको थियो। यो दिन चाँदीको भाउ तोलामा ३५ रुपैयाँले घटेको थियो। 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु