शुक्लाफाँटामा खोला अतिक्रमण गरी अवैद्य संरचना निर्माण, नगरपालिका मौन

छिनोफानो   शुक्रबार १९, साउन २०८० १२:५५

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा खोला अतिक्रमण गरी अवैद्य संरचना निर्माण भईरहेको पाईएको छ । शुक्लाफाँटा नगरपालिका वडा नम्बर ४ स्थित राष्ट्रिय माध्यमिक विद्यालयको पूर्व तिर सिद्धनाथ मन्दिर नजिक खहरे खोला अतिक्रमण गरी अवैद्य संरचना तयार भईरहेको पाईएको हो ।

नगर क्षेत्रमा खोलानै अतिक्रमण गरी संरचना निर्माण भईरहदा समेत नगरपालिका भने मुकदर्शक झै बनेको छ । यस्तै शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख रण बहादुर महरालाई उक्त अतिक्रमण बारे सोधपुछ गर्दा हाल नगरसभाबाट त्यस्तो खालको कुनै पनि निणर्य नभएको र आफुलाई सो विषय बारे जानकारी नै नभएकोे बताए ।    

चार किल्ला नै प्रमाणित नभएको झन्डै १ कट्ठा जग्गामा क्रिस्टियन भर्मावलम्वीहरुको चर्चका लागी उक्त पक्की संरचना निर्माण गर्न लागएिको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष कमल ठकुल्लाले बताए । सो विषय बारे अनुगमन गर्दा क्रिस्टियन भर्मावलम्वीहरुले २०७४ सालमा निर्वाचित जनप्रतिनिधीको पालोमा उक्त जग्गामा चर्च निर्माणका लागी माग गरेको र नगरपालिकाले उक्त माग सम्बोधन गर्दै संरचना निमाणर् गर्ने गरी निणर्य गरेको उनले बताए । 
  
खोलाको धार नै परिवर्तन हुनेगरि बिचमा ढुङ्गा,गिट्टी,बालुवा राखीएको छ । जसका कारण त्यहाँका स्थानीय वस्तीहरुमा डुबानको उच्च जोखिम निम्तिएको छ । ‘यहाँ बनाइएको संरचनाले खोलाको धार मात्र परिवर्तन नभई, सिद्धनाथ मन्दिर र गाउँ नै जोखिममा पर्ने सम्भावना बढेको छ । तर नगरपालिकाले भने उक्त अतिक्रणलाई देखा अनदेखा गर्दै आएको स्थानियको आरोप छ । स्थानीयका अनुसार सो क्षेत्रमा चर्चका लागी संरचना बनाउने नाममा खोला अतिक्रमण गरिएको  छ । मन्दिर र गाउँको संवेदनशीलतालाई ख्याल नै नगरी संरचना निर्माण गरिएकोमा त्याँहाका स्थानीयहरुले घोर आपत्ती जनाएका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु