कञ्चनपुरमा लागुऔषधसहित तीन जना युवक पक्राउ

छिनोफानो   शुक्रबार १९, साउन २०८० ०१:०४

कञ्चनपुरमा लागुऔषधसहित तीन जना युवक पक्राउ परेका छन् । जिल्लाको बेलौरी नगरपालिका-६ हात्तिबोझाबाट ३२० मिलिग्राम लागुऔषधसहित सोही ठाँउका २७ वर्षीय कालु राना र २६ वर्षीय वीरेन्द्र बडायक बिहीवार पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा लागुऔषध फेला पारी दुबै जनालाई पक्राउ गरेको हो । यस्तै बेलौरी-१० सडकघाटबाट ३ ग्राम ६८० मिलिग्राम लागुऔषधसहित कृष्णपुर नगरपालिका-४ का २१ वर्षीय रितिक थापालाइ इलाका प्रहरी कार्यालय बेलडाडीले पक्राउ गरेको छ । थापालाई लागुऔषध र मोटरसाईकल १ थानसहित पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु