कैलालीमा सालको काठसहित अटो चालक पक्राउ

छिनोफानो   शुक्रबार १९, साउन २०८० ०१:३२

कैलालीमा सालको काठसहित अटो चालक पक्राउ परेका छन् ।  धनगढी उप-महानगरपालिका-३ क्रेशर ग्राउन्डबाट कञ्चनपुरको कृष्णपुर नगरपालिका- ९ राजघाटका १९ वर्षीय सुरेश मल्ल पक्राउ परेका हुन् ।

मल्ले चलाएको से.१ स.३६६० नम्बरको अटोमा ५ फिट लम्बाई भएको १९ थान सालको जस्तो देखिने कडी प्रहरीले फेला पारेको हो । काठ र अटोसहित मल्ललाई नियन्त्रणमा लिई कारबाहीका लागि जिल्ला वन कार्यालयमा बुझाएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु