सत्यवती एकेडेमी सेमिफाइनलमा प्रबेश

पवन भण्डारी   सोमबार २५, मङि्सर २०८० ०९:१४

धनगढी । सत्यवती एकेडेमी कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) को सेमिफाइनलमा प्रवेश गरेको छ । सत्यवती समूह ‘डी’ को विजेता बन्दै अन्तिम चारमा पुगेको हो । फाप्ला क्रिकेट मैदानमा सोमबार भएको खेलमा सत्यवतीले क्रिकेट एक्सिलेन्स सेन्टरलाई ११ रनले हरायो । 

सत्यवतीले दिएको एक सय २७ रनको लक्ष्य पछ्याएको क्रिकेट एक्सिलेन्स १९.१ ओभरमा सबै विकेटको क्षतिमा एक सय १५ रनमा समेटिएको थियो । यसअघि टस जितेर ब्याटिङ गरेको सत्यवतीले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय २६ रन बनाएको थियो । 

यस्तै सोमबार नै भएको अर्को खेलमा लिटल फ्लावर स्कुलले सान्त्वना जित निकालेको छ । लिटल फ्लावरले गरुडा नगरपालिकालाई ५७ रनले हरायो । जितेपनि लिटल फ्लावरले समूह चरण पार गर्न सकेन । जितका लागि लिटल फ्लावरले दिएको एक सय ३० रनको लक्ष्य पछ्याएको गरुडा १५ ओभरमा सबै विकेटको क्षतिमा ७२ रनमा समेटिएको थियो । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु