कैलालीको धनगढी र कञ्चनपुरको बेदकोटबाट अबैध लागू औषध सहित दुईजना पक्राउ

छिनोफानो   मङ्गलबार २६, मङि्सर २०८० ०८:१५

 कैलालीको धनगढी बाट अबैध लागू औषध सहित एक जना पक्राउ परेका छन । धनगढी फन पार्क बाट  २ ग्राम ३६०मिलिग्राम लागू औषध खैरो हेरोईन सहित  गोदावरी न।पा। १ बस्ने बिजय बिष्टलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिई गएको संयुक्त प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारेको प्रहरील् जनायको छ । तेसै गरि कञ्चनपुरको बेदकोटन।पा। ६ सिसैयाबाट  ०।०६ ग्राम लागू औषध खैरो हेरोईन सहित एक जना लाइ प्रहरीले प्रक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बेदकोट न।पा। ६ का बर्ष २५ को कैलाश पाण्डे रहेको प्रहरीले जनायको छ । प्रहरी चौकी सुडा कञ्चनपुरबाट खटिई गएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा निजको साथबाट खैरो हिरोईन सहित फेला पारेको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।    

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु