छिमेकीको हत्या गरेको आरोपमा बैतडीमा एक युवक पक्राउ

छिनोफानो   बुधबार २७, मङि्सर २०८० ०१:४५

छिमेकीको हत्या गरेको आरोपमा बैतडीमा एकजना पक्राउ परेका छन । जिल्लाको सुर्नया गाउँपालिका बिजुल बस्ने ५६ वर्षीया हरिना बिष्टको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २९ वर्षीय तेज बहादुर चन्दलाई प्रहरीले  मँगलबार  पक्राउ गरेको हो ।

चन्दले फलामको रडले टाउकोमा प्रहार गर्दा हरिना बिष्टको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनायको छ ।  जिल्ला प्रहरी कार्यालय बैतडी, ईलाका प्रहरी कार्यालय पाटन र अस्थायी प्रहरी पोष्ट सतबाँजबाट खटिएको प्रहरी टोलीले चन्दलाई आफ्नै घरभित्र लुकेर बसेको अवस्थामा फेला पारेको प्रहरीले जनायको छ  । घटनाबारे  प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु