कञ्चनपुरमा महेन्द्रकाे सालिक राख्ने विषयमा विवाद भएपछि ७ दिनसम्मका लागि निषेधाज्ञा जारी

छिनोफानो   बिहिबार २८, मङि्सर २०८० ०४:२७

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले भीमदत्त नगरपालिका– ४ महेन्द्रनगर बजारमा आज बिहीवारदेखि सात दिनसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । 

महेन्द्रनगरको महेन्द्र स्मारकमा स्वर्गीय राजा महेन्द्र शाहको सालिक पुनःस्थापनाका विषयमा भएको विवादपछि कार्यालयले त्यस क्षेत्र आज बिहानदेखि निषेधाज्ञा जारी गरेको हो । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले महेन्द्रकाे सालिक राख्ने तयारी परेपछि विवाद भएकाे थियाे ।

प्रशासनले संविधान चोकबाट पूर्व दशरथ चन्दको सालिकसम्मको मुख्य सडक र पश्चिमतर्फ मदन भण्डारीको शालिकसम्मको मुख्य सडक क्षेत्रमा सात दिनसम्म पाँच जनाभन्दा बढी मानिस जम्मा भई जुलुस, प्रदर्शनजस्ता आन्दोलन गर्न निषेध गरेको हो ।

‘सालिक पुनःस्थापान गर्ने वा नगर्ने विषयमा राजनीतिक दलबीच मतभेद देखियो’, प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले भन्नुभयो, ‘सार्वजनिक शान्ति सुव्यवस्थालाई कायम गर्न निषेधाज्ञा जारी गरिएको हो ।’

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु