डा केसीको धनगढी लक्ष्मीनारायण मन्दिरको धर्मशालाबाट अनसन शुरू

छिनोफानो   शनिबार ३०, मङि्सर २०८० ०८:११

धनगढी: चिकित्सा शिक्षा सुधारका अभियान्ता प्राडा गोविन्द केसीले अनसन सुरु गरेका छन्। डा केसीले धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालाबाट अनसन सुरु गरेका हुन्।

डा केसी गेटा अस्पतालमा अनसन बस्न पुगेका थिए। तर त्यहाँ अनसन बस्न नदिएपछि डा केसीले धर्मशालाबाट अनसन सुरु गरेका  हुन्। 

गेटा मेडिकल कलेजको सञ्चालन लगायत पुराना मागको कार्यान्वयन सहित डा केसीले मुख्य दुई बुँदे माग राखेर अनसन सुरु गरेका हुन्। 

उनका निकट डाक्टर अमृत जोशीले भने –‘गेटा मेडिकल कलेजमा सत्याग्रहमा बस्न नमिलेपछि मन्दिरको धर्मशालाबाट अनसन शुरु गर्नुभएको हो।’

डा केसीले विगतमा भएका सम्झौता, सरकारी अस्पतालहरुमा मागअनुसार दरबन्दी थप गर्दै क्षमता बढाउने र सबै निःशुल्क औषधिहरु पाइने सुनिश्चित गर्ने माग राखेका छन्।

यस्तै, १०० शय्या भन्दा वढी क्षमता भएका सरकारी अस्पतालहरूमा नर्सिङ लगायत अन्य स्वास्थ्यसम्वन्धी विषयका कार्यक्रम सुरु गर्ने, विश्वविद्यालय र प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्तिको मापदण्डसहित कानुनी व्यवस्था गर्ने, ऐन जारी नहुँदासम्म दलीय भागवण्डा निषेध गर्दै यस अगाडि सम्झौता भए बमोजिमका मापदण्डअनुसार तुरुन्त विश्वविद्यालयहरुमा नियुक्ति गर्ने र एकीकृत प्रतिष्ठान ऐन शीघ्र जारी गर्ने माग उनले राखेका छन्।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु