बाजुरामा ट्याक्टर दुर्घटना हुदा एक जनाको मृत्यु

पवन भण्डारी   शनिबार ३०, मङि्सर २०८० ११:४३

बाजुराको बुढीगंगा न।पा।१० रिठा खर्रामा ट्याक्टर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।  साँफे(मार्तडी राजमार्ग अन्र्तगत साँफेबाट मार्तडी सदरमुकाम तर्फ जादै गरेको ट्राली नजोडेको ट्याक्टर दुर्घटना हुदा चालकको मृत्यु भएको हो ।

शुक्रबार बेलुका भएको दुर्घटनामा चालक कैलालीको धनगढी उप(महानगरपालिका १९ फुलबारी बस्ने अन्दाजी  ४२ का  बिर सिंह चौधरीको मृत्यु भएको हो ।

 दुर्घटनामा परि गम्भीर घाइते भएका उनको बयलपाटाअस्पताल अछाममा उपचार कै क्रममा सोही राती मृत्यु भएको प्रहरीले जनायको छ  । घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु